Saturday , June 8 2019
Home / News / अर्घाखाँचीको ढाकावाङका शिशिर खनाल काठमाडौँबाट चार दिनदेखि बेपत्ता

अर्घाखाँचीको ढाकावाङका शिशिर खनाल काठमाडौँबाट चार दिनदेखि बेपत्ता

काठमाडौं। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ढाकावाङका एक युवा काठमाडौँबाट पाँच दिनदेखि बेपत्ता भएका छन् ।

चिकित्सा शिक्षा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत शिशिर खनाल शुक्रबार जेठ १७ गतेदेखि सम्पर्कविहीन भएका छन् ।

विगत चार दिनदेखि सम्पर्क बिहिन रहेका शिशिर खनालको खोजीका लागि परिवारजनले अनुरोध गरेका छन् । खनालसँग भएको मोबाईल नम्बरबाट स्थान पहिचान गर्न खोज्दा प्रहरीले दिएको जानकारी अनुसार ललितपुरको धोवीघाट देखाउने गरेको परिवारजनले बताएपनि अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् ।

उनी घरबाट बाहिर निस्किँदा रातो रंगको बा ८७ प ७८०४ नम्बरको पल्सर बाईकमा निस्किएका थिए । बाईक भने किर्तिपुरको पुष्पलाल पार्क नजिकै भेटिएको परिवार स्रोतले जनाएको छ ।

कही कतै कसैले देखेमा नजिकैको प्रहरीमा खबर गरिदिन आग्रह गर्दै परिवारस्रोतले मोबाईल नम्बर ९८४७५०९२४४, ९८४७१५६७७२ र ९८४३०६०९७९० मा कल गरिदिनुहुन परिवारले आग्रह गरेका छन् ।
via~nagariksamachar

Comments