Sunday , June 9 2019
Home / Business / आज सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् बजारभाउ

आज सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् बजारभाउ

काठमाडौँ । आज सोबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आईतबार सुनको मूल्य ६० हजार ५ सय रुपैयाँ रहेको थियो।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदीको मूल्य सामान्य रहेको छ। आज चाँदी प्रतितोला ५ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको मूल्य ५६५ रहेको थियो।

काठमाडौँ उपत्यका भन्दा बाहिरका स्थानमा भने महासंघले तोके बमोजिम सुन चाँदीको मूल्यमा केही तलमाथी हुन सक्नेछ।

Comments